समय यस्तै रातको १२ बजेको थियो, म एकजना दाईसँग बर्लिन सिटीको एक रेष्टुरेन्टमा बियर खादै बसेको थिए। प्लेनको लामो यात्राले गर्दा जीउ थकित थियो, काठमाडाैदेखि इस्ताम्बुल हुदै जर्मनीको बर्लिन आइपुग्दा हामी दुबैको शरीरमा खासै तागत थिएन तर बर्लिनको नाइट लाइफ हेर्ने धोको पनि थियो। सबै ब्यागहरु होटेलरुममा छोडेर हामी निस्क्याै युरोपको मुख्य सडकमा। घुम्दै गर्दा कतिखेर रात झमक्क पर्यो पत्तै भएन। भोक पनि सारै लागिसकेको थियो। होटेलबाट नजिक अनि थोरै मुख्य सडकबाट टाढा एउटा रेष्टुरेन्टमा बस्याै डिनर अर्डर गरेर। हाम्रो डिनर बन्न समय लाग्ने भयो अनि बर्लिनको बियरले नि हामीलाई कुरिरहेको जस्तो हामी किन चुप लागेर बस्नु, हातमा चिसो बियर लिएर नजारा हेर्दै गफ गर्दै बस्याै।
रात छिपिदै गयो, भिडभाड कम हुदै थियो तैपनि मान्छेहरु बाटोमा हिडिनैरहेको थियो। हाम्रो डिनर र बियर सकिदैथियो, रेष्टुरेन्टको वेटर आएर लाष्ट अर्डर के छ सोध्न आए। जर्मनमा आजै आएको, के सुत्न हतार गर्नु भन्दै फेरि बियर नै मगायाै।
हामीलाई सबै कुरा नयाँ नै लागिरहेको थियो, बाटो हिड्नेहरुको हाँसो र मस्ती, कुनै गन्तव्यका लागि भन्दा पनि समय बिताउनका लागि हिडिरहेको महशुश हुन्थ्यो। यतिकैमा बियरको सुरमा सँगैको दाईलाई के सुर चल्यो कुन्नि, भाई हामी यति टाढा छाै र हामीलाई आफ्नो परिवारको याद आउछ, अनि चाहेर पनि खुलेर मस्ति गर्न सक्दैनाै तर यी खैरेहरुलाई हेर्नुस् त कति बिन्दास, खास रहस्य के होला? यिनीहरुलाई कसैको मतलबै हुदैन।यिनीहरु साचै खुशी छन् त भाई?
हरेक आम नेपालीको मनमा लाग्ने कुरा उहाले हासैहासोमा सोध्नु भयो। म चाहि कहाँको जान्नेसुन्ने हो र, तर मेरो बुझाईमा मैले देखेको कुरा उहाँलाई प्रष्ट सुनाए।
मेरो जवाफ यस्तो थियो
सबैको सोच र जिन्दगी जिउने तरिका फरक हुन्छ, कोही आफ्नो लागि बाच्छन् त कोहि अरुको लागि। यिनीहरु आफ्नो लागि बाच्छन् । यिनलाई न भविष्यमा खान न पाउला भन्ने डर न आफ्ना सन्तानले पढ्न नपाउला भन्ने डर। सरकार र सिस्टमले यिनीहरुको जिन्दगी सहज र सुरक्षित बनाइदिएको छ। सरकार बलियो छ, सबै कुरा नियममा चल्छ। अनि दिनरात दुख गरेर पसिना बगाएर सात पुस्तालाई पुग्ने धन जोगाउन नि परेन, अनेक जालझेल गरेर कु-सम्पति नि कमाउन परेन। एउटा साधारण नागरिकलाई खान, लाउन, बस्न अनि आफ्ना सन्ततिलाई पढाउनको लागि सम्पति सँचय गर्न परेन भने, त्यस्तो देशका नागरिक खुशी न होला र?
सन्दर्भ
देश आर्थिक संकटमा छ, पुरै बिश्व कोरोनाले आक्रान्त छ। तर हाम्रो देशको राजनैतिक खिचातानी देखेर सारा बिश्व चकित बनेको छ। पावरमा बसेर केही नि गर्न सकेन भनेर जनताले थु:थु: गरिरहेको बेला त्यो पावरको महत्व के त? पार्टीमा ठूलो पद, देशको सत्तामा ठूलो पद, आखीर यस्तै बेला पो रहेछ त सात पुस्ताको लागी भ्रष्टाचार गरेर अकूत सम्पति कमाउने त।
एउटा ईमान्दार नेताले त यो बेला आफूले नसक्दा सक्नेलाई गर, अनि यो संकटमा आर्थिक, सामाजिक सुधारमा अभूतपूर्ब योगदान गरेर देशलाई उन्मुक्ति देउ भनेर बलियो काधँमा जिम्मेवारी सुम्पेर आफू आराम गर्न बस्नुपर्छ। भ्रष्टाचारको लिमिट नै काटिसक्यो अनि ENOUGH IS ENOUGH भन्दै सडकमा नआई सुख त? कोही त छन् आफ्नो देश र जनताको लागि सोच्ने भन्दै खुलेर साधारण जनता सडकमा निस्किए।
नेता हाम्रा जहिले चाैरासी गर्ने उमेरकै पायाै हामीले, तर तिनका आसेपासे के ताली नै बजाएको भरमा बेरोजगारी भत्ता खाएर बस्ने? तिनले त देख्याछन् नि बास्तबिकता। साचो कुरा गर्दा कसैले रुचाउदैन, हाम्रो बास्तबिकता यही हो, तर कसैले त सुरुवात गर्न पर्यो। परिबर्तन गर्नलाई आफ्नो सोच बदल्न पर्यो। गलत लाई गलत भन्न सक्न पर्यो त्यो चाहे नेपालको राजनीतिमा होस् चाहे आफ्नै छरछिमेक र समाजमा।
गलत बिचार राख्ने भन्दा गलत सोचलाई समर्थन गर्नेलाई हामीले समाजबाट GO BACK गर्न सक्याै भने देश, समाज परिबर्तन हुन कत्ति पनि समय लाग्दैन।
हाम्रो देश सम्पन्न छैन, नियमले जनतालाई बाध्न सकेको छैन किनकि नियम बनाउन जान्नेलाई भन्दा मर्ने बेला किन नियम फेरबदल गर्ने भन्नेको झुण्ड हाबी छ सोसाइटीमा। परिबर्तन आएको छ घरघरमा अनि टोलटोलमा। हिजो चियापसलमा हुने GOSSIPS अहिले फेसबुकको वाल र कमेन्टमा हुन्छन्। म त भन्छु, देश निर्माणमा लाग्नेहरु भन्दा फेसबुकमा कमेन्ट गर्नेहरु धेरै कुरामा जानकार छन्।
अब के गर्ने त? हाम्रो बाटो कतातिर मोड्ने त? समस्या छ, कसैले देख्छन् कसैले नदेखे जस्तो गर्छन, त्यो आफ्नो ठाउँमा छ। कोरोनापछिको बाटो के त? सबैलाइ मरिएला कि भन्ने भन्दा पनि अब के गर्ने भन्ने कुराले धेरै पिरोलिरहेको छ।
जनता धनी छन्, सबैलाई थहाँ छ। यो भन्दैमा कर थोपारेर त देश चल्दैन। सिस्टमको कुरा गरे, तर त्यो आजको भोली हुने परिबर्तन पनि हैन। अहिलेको परिस्थितिमा जनताको लागि सरकारले गर्न सक्ने र गर्नैपर्ने उपायहरु के छन् त?
पहिलो कुरा त लकडाउनको अर्को बिकल्प खोज्नैपर्छ। पब्लिक बिना मास्क मर्निङवाक र पार्कतिर धेरै भिड देखिन थाल्यो, यसमा कडाई गरिनुपर्छ। जनता आफै जान्नेसुन्ने भएर जथाभाबी हिड्न भएन, बेसारले निको हुने रोग भएको भए संसारको अर्थतन्त्र ध्वष्ट हुने गरि घरघरमा कैदी जसरी कसैलाई बस्न पर्दैनथ्यो।
सबै कुरा हामीले नै भन्ने भए त्यो झुण्ड किन चाहियो। त्यसैले मैले मेरो भनाई यही टुंग्याए।
तर हामी अब चूप लागेर बस्न पनि भएन। समाज परिबर्तनको सोच राख्नेहरु अब खुलेर अगाडी बढ्न जरुरी छ, नत्र हामीलाई केही अधिकार छैन अरुले केही गरेन भनेर हल्ला गर्दै हिड्न।
Hits: 155
0
Leave a Comment