हामी नयाँ सोच र नयाँ शैलीको कुरा गरिरहन्छैा। देशको आर्थिक र सामाजिक बिकासका लागि राजनीतिक पार्टीहरुले गर्नुपर्ने योगदान र कर्तब्यको बारे ठूल-ठूला बहशहरु गरिरहेका हुन्छैा। हिजो सम्म सवैको अगाडी खुलेर भन्थे देश बनाए नि काँग्रेसले बनाउछ, बिगारे नि काँग्रेसले बिगार्छ। इतिहास बोकेको पार्टी अनि देशको सबै भन्दा ठूलो हैसियत बोकेको पार्टी तर सवैलाई निराश बनायो, कुरा नेपाली कांग्रेसको १३औं महाधिवेशनको।
शेर बहादुर देउवा भेगीय भयो रे, आफ्नो भेगलाई ज्यानै दिन खोज्ने! तर म त भन्छु त्यही त हो नेताको गुण, कम्तिमा आफ्नो भेगका कार्यकर्तालाई मर्दापर्दा सहयोग गर्छन, आफ्नो भेगलाई कुन तरिकाले बिकासको बाटोमा मोड्नुपर्छ बुझेर अगाडी बढेको देखिन्छ। कुरा सामान्य नै होला तर देशको लागि केहि गर्न सक्ने आगामी नेताको रुपमा बहुमत बाट उहाँलाई छान्दै गर्दा सायदै कोही अकमकाए होला (हाम्रा नेता आफै भकभके भए पनि)। 🙂 सायद यति नै होला अलिकति खुशी हुने अवसर दिएको हामी जस्ता शुभचिन्तकहरुलाई यो अधिबेशनले।
महामन्त्रीमा गगन थापा पराजीत हुनु एक किसिमको सामान्य राजनीतिक प्रक्रिया हो। तर गहिरिएर बुझ्दा धेरै अपठ्याराहरु महशुश गर्न सकिन्छ। मैले बुझेको राजनीति यदि गलत होइन भने आज पनि हामी बुढाहरुकै अधीनमा छैा। आज गगन थापा जितेको भए १४ औं महाधिवेशनमा उहाँले सभापतिमा दावी गर्ने आकलन जो कोहीले सजिलै गर्न सक्थे। गिरिजा प्रसाद कोइरालाको पालादेखि सभापतिका लागि लड्ढै देउवाले बल्ल रामचन्द्रको पालामा बाजी आफ्नो हात पारे भने, उता रामचन्द्रको पालो आउन अब देउवा सकिनुपर्ला सायद। अनि प्रकाशमान, शशाक र खुमेले केन्द्रीय सदस्यको लागि पाएको मत हेर्दा, काँग्रेसमा गगनको पालो सायद यो सताव्दीमै आउला जस्तो लाग्दैन। २०८८ साल पछि राजनीतिक रुपमा कुनै सक्रीय पदमा नरहने दावी गरेका गगन थापाले सवै कुरा आकलन गरेरै बोलेका हुन त?
तर मेरो चासोको बिषय अझै फरक छ। गगन थापा हार्नुमा अरु नै कारण हुन सक्छ। महामन्त्रीमा अर्जुननरसिह केसी खासै रुचाएको ब्यक्तित्व हैन, रामचन्द्र प्यानलमा नअटेपछि देउवाले गगन थापालाई सगै ल्याउलान् भनेर आफ्नो प्यानलवाट महामन्त्रीमा समेटे तर दूर्भाग्य काँग्रेसीले राजतन्त्र छाडे, हिन्दू धर्म छाडे तर कोइराला खानदानलाई अझै छाड्न सकेनन्।
नेपाली काँग्रेसमा बिपिको योगदानलाई कसैले भूल्न सकेको छैन, तर सम्मान गर्नलाई शशांक कोइराला सायद उपयुक्त थिएन कि? कुनै समय राजतन्त्रको प्रवक्ता मानिएका शशांक कोइराला आफैमा कहिलेकाही कन्फ्यूज हुन्छ आफू को हो भनेर। आफूलाई सच्चा काँग्रेसी भन्न अन्कनाउने शशांक एक्कासी महामन्त्रीको लागि किन अगाडी बढे, एकचोटि मनन गर्नुपर्ला कि!! पूर्व प्रधानमन्त्री शुशील दा प्रति अन्तिम अवस्थामा गरेको लापरवाही र यो महाधिवेशन कहि कतै जोडिएको त छैन?
यी सवै समय सन्दर्भका कुरा मात्र हुन्, मुख्य कुरो त केन्द्रिय सदस्यको मतगणनामा जे देखियो। ३ नेताहरु खुम बहादुर, प्रकाशमान र शेखर कोइराला बीच सबैभन्दा बढी मत कसले ल्याउने भनेर घम्साघम्सी भैरहेको छ। शुशील कोइरालाको अन्त्य सँगै धेरैले सोचेका थिए सायद १३ औं महाधिवेशनमा कोइ-राला लाइ खोइ-राला भनेर पो सोध्ने हो कि भनेर, तर परिणाम उल्टियो।
सवै भन्दा लाजमर्दो कुरा मेलै यो महाधिवेशनमा देखेको कुरा चाहि, कुनै दिन भट्राचारी प्रमाणित भएर जेल सजाँय भोगेका, पार्टी कारवाहीमा परेका खुमबहादुर खड्का जो कुनै बेला कमल थापा सँगै हिन्दू धर्मको वकालत गर्दै पाप मोचनमा लागे, तिनैलाई केन्द्रिय सदस्यमा सवैभन्दा वढी मत दिएर पहिलो वनाउन तिर लागेको देखेर एक किसिमको आश्चर्य भैरह्यो। नेपाली काँग्रेसलाइ देशकै विद्वानहरुको पार्टी भनेर पनि चिनिन्छ। नेता भन्दा धेरै डाक्टर छन्! बिभिन्न तह र तप्काका बुद्धिजीबिहरु, डाक्टर, ईन्जिनियर, प्रोफेसर जस्ता सबै जेन्टलमेनले के तिनै खुम बहादुरलाइ आफ्नै विवेकले मतदान गरेका हुन् त?
साँचिकै आज मलाई काँग्रेसी भन्न लाज लागेको छ! जहा भट्राचारीको बिल्ला लगाएर खुलमखुला १ सय २१ किलोग्रामको माला लगाएर लोकलाज पचाएर अनि सबैको हासोको पात्र बनेका खुमबहादुर खड्का जस्ताले सबैभन्दा धेरै मत पाउछन्, त्यहा लोकतन्त्रको वकालत गरेर हिड्ने नरहरि, गगन जस्ताले कहिले ठाउँ पाउलान त!
जय नेपाल!
Hits: 21
2
Leave a Comment