जिन्दगीको यो यात्रामा
खै के के झेल्नुपर्ने
अझै के के देख्नुपर्ने
आफ्नो सुरमा बहिरहेका पवनका झोकाहरु
आखिर किन थामिएर मलाई नै हेरिरहेछन्
गतिशिल यो समय पनि आखिर किन अडिएर
मलाई नि जिस्क्याइरहेछन्।।जमिन यो भासिदैछ
हरिया रुखका पातहरु
आफ्नै तालमा खेलिरहेछन्
मीठो सुरमा गाउने कोइली पनि
आखिर किन शान्त भई
मलाई नै सुनिरहेछन्।।आखिर यो कस्तो नजर
सबै मलाई हेरिबस्छन्
आखिर यो कस्तो खबर
सबै मलाई पढिबस्छन्।।
Hits: 6
2
Leave a Comment