थकित मन र मस्तिष्कलाई
एकैछिन आराम गर्न लगाइदिन्छु
हृदयभरिका बोझ जम्मै
यही कतै बिसाइदिन्छु
लुकिएका हरेक चोट र पीडाहरु
अब त सबैसामू पोखिदिन्छु
गहभरिका आँशु आज
यही कतै झारिदिन्छु।।थाहा छैन मान्छेहरु आखीर
यस्तो जिन्दगीको चाहना नै किन राख्छन्
जहाँ हरेक क्षण, हरेक पाइलामा
यस्तै नचाहिंदो कठिनाइको सामना गरि हिड्नुपर्छ।
जिन्दगी एक हारेको खेल भो,
हरेक परिस्थितिमा ठुलो ठक्कर खाएर बिना मोह,
बिना कुनै गन्तब्य केवल दैाडिरहेछ, दैाडिरहेछ
थाहा छैन कहाँ पुग्ने हो।आफ्नो सम्पुर्ण हृदयभरिको बोझ बिसाएर
केहि आरामका दिनहरु बिताउने धोको छ
साह्रै दुख झेलियो, अब चाँहि केहि शान्तिले बस्ने ईच्छा छ।।
Hits: 34
0
Leave a Comment