नेता आफै छक्क परे मत कहा बाट खस्यो यतिका भनेर।
नेता भनेको जनताको हो र सवै नेता भनाउदाहरुले चुनाव जित्नु अघि सम्म यो पार्टी र त्यो पार्टीको नेता, चुनाव जितेपछि जनताको नेता भन्नेर कडा भाषण गर्दै गर्दा मेरो ध्यान अलिकति पनि डगमगाएन, कारण भाषण न हो जे बोले नि हुन्छ, आखीर पूरा गर्नुपर्ने हैन – मैले आजसम्म सुनेको र बुझेको राजनीति यही हो।
स्थानीय चुनावमा प्रचार प्रसारको क्रममा कुनै पार्टीले धेरै त कुनैले थोरै, तर सवैले आफ्नो ठाउँबाट साम दाम दण्ड भेद लगाएर लडे। चुनावको परिणामहरु आउदै गर्दा जित्नेहरु फूलमाला लगाएर बाजागाजा सहित नाच्दै गर्दा मेरो मनमा एउटा अनाैठो कुराको महशुस भैरहेको थियो कि जित्नेले अव कडा दु:ख पाउने भयो, जस पाउनको लागि त काम गर्नु पर्छ, बिकास गरेर देखाउनु पर्छ जुन यिनिहरुले गर्ने हैनन्।
नेता आफै छक्क परे मत कहा बाट खस्यो यतिका भनेर।
बल छ भन्दैमा जसलाइ मन लाग्यो त्यसलाइ लात हान्दै हिड्न पाउने भए, मुख छ भन्दैमा बाटोमा सवैलाइ गाली गर्दै हिड्न पाउने भए हामी र पशुपंछीमा के नै फरक रहन्छ र!
शक्ति आफ्नो हातमा आउनु भनेको बास्तवमा आफू कमजोर हुनु हो।
जो पद धारण गरेर बस्छ, पावरमा बसेको हुन्छ,
उसले बोल्दा खाँदा हिड्डदा अझ लुगा लगाउदा समेत बिचार पुर्याउनु पर्छ।
जनताको पीर-मर्का र समस्यालाई आफ्नो सोचेर सेवाको भावनामा समर्पण हुनको लागि हो यो पद।
सार्वजनिक पद शक्ति हैन, यो त समर्पण हो।
भर्खरै निर्वाचन जित्नु भएका मेयर देखि बडा सदस्य सम्मको दायित्व हामीले सम्झाइरहनु पर्दैन। यो मेरो परिवार, मेरो छिमेकी, मेरो टोल र मेरो पार्टी भन्दै हिड्ने हो भने, आजै पद त्याग गरी सही ब्यक्तिलाई काम गर्न दिऊ भन्छु म त।
चुनाव जित्दै गर्दा कतिले काकाको छोरा भनेर मत दिए त कतिले छिमेकी भनेर, कतिले आफ्नै टोलको भनेर र धेरै जसोले आफ्नो पार्टीको भनेर। तर चुनाव सक्यो र पदधारण गरे लगतै अब तपाईहरु कसैको ब्यक्तिगत नभै सिगो राष्ट्रको सेवक हो। यदि सानो सोच र तुच्छ व्यबहार देखाउने हो र आफ्नो बाहेक अरु जनतालाइ जनता नसोच्ने हो, सामान्य जनताले सेवाबाट बन्चित हुुुनुपर्ने हो भने त्यही पद निल्नु न ओकल्नु हुन्छ।
नेपाली काग्रेसले बनाउदै गरेको बाटो- चुनाब आयो जित एमालेको अनि त्यो बाटो बिचमै अलपत्र, नेकपा माओबादीले खन्दै गरेको ढल- बिचमा चुनाब र लज्जास्पद हार, के अब त्यो ढल अगाडी बढ्ला त???? अझ सोच्दा, केन्द्रीय सरकार काग्रेस-माओबादीको, स्थानीय एमालेको। भनेपछि देशको पुरै बिकास निर्माण नै ठप्प हुने त हैन!!!
बुढानिलकण्ठ नगरपालिकाको सानो काण्ड
बुढानिलकण्ठ नगरपालिकामा तालावन्दी गरिएको छ । श्रावण १६ देखी भाद्र ३ गते सम्म गरिएको मतदाता नामावली संकलन एमाले नेताको घरमा गरिएको पाइएको छ।
सेवाग्रहीलाई क्रूत्रिम भिडभाड सिर्जना गरी मतदाता नामावली संकलनमा ढीलाइ गर्ने अनि रातभर निर्वाचन आयोगका कर्मचारी, मेयर, नगर प्रमुख आदिको निगरानीमा एमाले नेताको घरमा आफ्ना कार्यकर्ताको मात्रै फोटो सहितको नामावली संकलन गर्नु कहाँ सम्मको लापरवाही भन्ने कि, जित र शक्तिको उन्माद् भन्ने कि अथवा हामी जनतालाइ साँचिकैको भेडो सम्झेका हुन् मैले बुझ्न सकिन।
छोटोमा भन्नुपर्दा,
शक्ति सहि हातमा जादा त्यो सामर्थ्य बन्छ तर गलत हातमा जादा उन्माद अनि उन्मादले धेरैलाइ सडकमा पुर्याएको उदाहरण बेलाबेलामा सुन्न पाइरहन्छाै। तैपनि यत्रो काण्ड गर्ने आँट कहाँबाट आयो र यसको जरा कहा सम्म फैलिएको छ सत्य तथ्य पत्ता लगाउुनु जरुरी छ। हामी नियम मान्छाै, बिधान संगत काम गर्छाै भने यो काण्डलाइ सहज लिनु पनि हुन्न र यसमा संलग्न सवै कर्मचारी, जनप्रतिनीधिहरुलाई कुनै पनि हालतमा छुट दिनु हुन्न – कडा भन्दा कडा कारवाही गरिनुपर्छ नत्र आज बुढानिलकण्ठ नगरपालिकामा घटेको यहि कहानी अन्त पनि नघट्ला भन्न सकिन्न।
Hits: 51
5
Leave a Comment